१. येशूले सधैँ राज्य गर्छन, जहाँ-जहाँ घाम लाग्दछ
र जैलेसम्म जून रहला, उनैको राज्य छ जगत्‌मा


२. के प्रार्थना सधैँ गरिन्छ, उनैको स्तुति चढ़ाइन्छ
नाउँ उनको बासना धूवाझैँ चढ़ाइन्छ बिहान सधैँ


३. सब देशका मान्छे गाउँछन्‌ गीत उनको उदेकको प्रेम निमित्त
बालक सुनाउँछन्‌ उनको नाउँ र गर्छन्‌ नित्य ख्रीष्टको वैभव


४. ख्रीष्टले जहाँ राज्य गर्दछन्‌, त्यहाँ आशिष्‌ पाइँदछ
त्यहाँ सब दुःखितको उपकार, त्यहाँ सब पापीको उद्धार


५. संसारले गरोस्‌ धन्यवाद, ख्रीष्ट राजाको गुणानुवाद
स्वर्गमा बढ़ाइ गरिओस्‌ मान्छेले भनून्‌ यस्तै होस्‌.

Leave a Reply

Your email address will not be published. Required fields are marked *