क्रूसको छेउमा आउँछु

 


१. क्रूसको छेउमा आउँछु, त्यसमा आशा पाउँदछु
जसमा भयो बलिदान, जसले हुन्छ मेरो त्राण.


को.
येशूमा म राख्छु आशा, बलि भयो क्रूसमा खास
क्रूसको आशिष्‌ मलाई देऊ मेरो गह्रौँ भारी लेऊ.


२. म ता पापी क्लेशित थिएँ, आफ्ना कर्मले दुःखित थिएँ
खोज्दथेँ त्राणको उपाय, जान्दिनथेँ सत्‌ सहाय.


३. प्रभु येशू मेरो नाथ, समात्छु म उनकै हात
खालि येशू सत अवतार येशूदेखि छ उद्धार.

Leave a Reply

Your email address will not be published. Required fields are marked *