हामीले सुनेका छौँ येशूले बचाउँदछन्
१. हामीले सुनेका छौँ, येशूले बचाउँदछन्
अरूलाई जनाएका छौँ, येशूले बचाउँदछन्,
सबै देशमा होस् प्रचार, ख्रीष्टले दिएको उद्धार
प्रभुको सुसमाचार, येशूले बचाउँदछन्.
२. पापीलाई सुनाइयोस्, येशूले बचाउँदछन्
दुखीलाई जनाइयोस्, येशूले बचाउँदछन्,
पृथ्वीमा होस् विश्वास, नष्ट हवस् सब उदास
सबका मनमा यस्तै होस्, येशूले बचाउँदछन्.
३. आफ्नो जीवन-मृत्युले, येशूले बचाउँदछन्
स्तुति गर यस गीतले, येशूले बचाउँदछन्,
गाऊ दुःख सहँदा, गाऊ पश्चात्ताप गर्दा
गाऊ जीवन छोड़्दा, येशूले बचाउँदछन्.
४. सबैलाई यो आह्वान छ, येशूले बचाउँदछन्
सबैलाई रमाहट छ, येशूले बचाउँदछन्
हवस् दुष्टको पूरो क्षय, हवस् ख्रीष्टको पूरो जय
गाऊ सधैँ बहिनी-भाइ येशूले बचाउँदछन्.